• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    महंगिको हतियार उठाई हान्न सक्छ राजधानीले


    २०७९ मंसिर २, शुक्रबार

    २०७९ मंसिर २, शुक्रबार

    मुक्तक १
    देशमा शान्ति के आश गर्नु भाला खुँडा तरवारबाट
    मजदुर पिडित् बजार भाउ खर्चिलो त्यो घरवारबाट
    महङ्गीले आकाश छोयो, जनता सदा मर्कामा छन्,
    नेता साँढे भुक्छन् सँधै, अझै सिंहदरवारबाट।

    मुक्तक २
    आफैंले पुज्ने ईश्वर देब्रे ला’गेपछि था’पाउँछौ।
    घरमा साहु आई नासो मागेपछि था’पाउँछौ ।
    दिनरात रक्सी खाई श्रीमती नकुट साहिँला,
    भोली श्रीमती पोईला भागेपछि था’पाउँछौ।

    मुक्तक ३
    भगाउनु छ सारा सपना, यि आँखाको नानीबाट
    के-के हुन्छ दिनहुँ जसो दर्कि दिने पानीबाट
    साँढेहरुको ‘अग्रगमन’ केबल सत्ता केन्द्रित रह्यो,
    सदा बच्न कठिन हामीलाई प्राकृतिक यि हानीबाट।

    मुक्तक ४
    प्रलोभनमा सयौं युवा , तान्न सक्छ राजधानीले
    मलाई गाउँले लुते झुम्रे मान्न सक्छ राजधानीले
    सपनाको महल द्वारमा भव्य स्वागत गरे पश्चात्
    महंगीको हत्यार उठाई हान्न सक्छ राजधानीले ।

    – ‘ युद्वकवि ‘ देब के.सी.
    शिवपुरी गा. पा. – १
    तलाखु, नुवाकोट

    मिल्दो जुल्दो खबर