गोरखा/
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूबाहेक सवै नेताहरु भ्रष्ट रहेको आरोप लगाएका छन ।चितवन–३ छाडेर गोर्खा- २ मा चुनाव लडन पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा यस्तो बताएका हुन।

प्रचण्डले संसदवादीहरूमध्ये आफूमात्र भ्रष्टाचारमुक्त रहेको पटक पटक जिकिर गरे ।आफ्नो पार्टी माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारबाट मुक्त नरहेको भन्दै प्रचण्डले आफू भने भ्रष्टाचारको छिटाबाट निकै टाढा रहेको जिकिर गरे।

गोरखामा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘संसदवादीहरूमध्ये म मात्र भ्रष्टाचारमुक्त रहेको मान्छे हो, हाम्रै पार्टी माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारबाट मुक्त रहेनन, म भने भ्रष्टाचारको छिटाबाट निकै टाढा छु ।’

सम्बोधनको क्रममा माओत्सतुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना पनि सुनाउनु भयो र घुँक्कघुँक्क रोएको नाटक समेत गरे। प्रचण्डले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर नलुक्ने भन्दै पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखा आएको जिकिर समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय