• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    दशैंको मासुले लियो ज्यान: घाँटीमा मासु अड्किएर चितवनमा एकजनाको मृत्यु


    २०७९ असोज १८, मंगलबार

    २०७९ असोज १८, मंगलबार

    नुवाकोट /
    मासु खाँदा घाँटीमा अड्किएर चितवनमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन्।

    सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

    मिल्दो जुल्दो खबर