• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    शम्भु प्रसाद गजुरेल ‘अज्ञानी’को गजल: चिता हेर्न हजारौंको भिड जुटेको छ


    २०७९ असोज १७, सोमबार

    २०७९ असोज १७, सोमबार

    जिन्दगीले सोझ्याएको बाटो छुटेको छ
    आफ्नै रूप चिहाउँने ऐना फुटेको छ।

    पिरतीको वर्णशंकर मौलाएर होला
    माया फूल्ने गुलाफको काण्ड टुटेको छ।

    प्रेमरस बटुलेर घार भरेपछि
    विषधारी बारुलाले मह लुटेको छ।

    आवेगको डँढेलोमा जलाएर नाता
    निभाएन आगो भन्दै पानी चुटेको छ।

    कोही थिएन पानी दिने तिर्खाएको बेला
    चिता हेर्न हजारौंको भिड जुटेको छ।

    शम्भु गजुरेल (अज्ञानी)
    नुवाकोट

    मिल्दो जुल्दो खबर