• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    मतदाताले मोबाइल र क्यामेरा लैजान नपाइने: अरुको नाममा भोट हाल्न गए २५ हजार जरिवाना


    २०७९ वैशाख २९, बिहिबार

    २०७९ वैशाख २९, बिहिबार

    नुवाकोट /
    शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेकाे सूचनामा भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त मतदाता तथा सरोकारवालाहरूले सो बमोजिम गर्नु/गराउनु हुन हार्दिक अनुरोध गरिएको छ ।’

    यसैगरी अरुको नाममा भोट खसाल्न गएमा पनि २५ हजार जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ।

    मिल्दो जुल्दो खबर