• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    काठमाडौमा उच्छृङ्खल तरिकाले होली खेल्ने ४२ जना पक्राउ


    २०७८ चैत्र ३, बिहिबार

    २०७८ चैत्र ३, बिहिबार

    काठमाडौ /
    उच्छृङ्खल तरिकाले होली खेलेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ४२ जनालाई पक्राउ गरेको छ।होली खेल्ने नाममा अमर्यादित गतिविधि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले बताए।

    प्रहरीले काँडाघारीबाट १३ जना, सोह्रखुट्टे एरियाबाट ३ जना, न्युरोडबाट १६ जना, दरबारमार्गबाट १ जना र महाराजगन्जबाट ८ जनालाई पक्राउ गरेको छ। स्वयम्भूबाट १ जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुव्र्यवहार गर्नेहरु छन् । उनिहरुलाई कसुर अनुसार कारवाही गरिने एसपी राठौरले बताए ।

    तिव्र गतिमा चलाइएका, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले बिहीबार बिहानैदेखि नियन्त्रणमा लिएर ‘होल्ड’ गरेका छ ।साँझसम्म ४ सय ९९ सवारी साधन होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।ट्राफिक प्रहरीले ४७२ वटा दुई पाङ्ग्रे सवारी होल्ड गरेको छ ।चारपाङ्ग्रे सवारी २६ वटा होल्ड गरिएको छ ।

     

    मिल्दो जुल्दो खबर