• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    रास्ट्रपति भण्डारीद्वारा ५ सय १३ कैदीको बाँकी कैद मिनाहा


    २०७८ फागुण ६, शुक्रबार

    २०७८ फागुण ६, शुक्रबार

    काठमाडौं /
    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय १३ जना कैदीको बाँकी कैद र सजाय मिनाहा गरेकी छिन्।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा र १२ जनाको सजाय माफी दिएकी हुन्।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासहित ५ सय १ जना कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरिएको हो ।

    त्यसैगरी संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा आङ्निमा शेर्पासहित १२ जनाको सजाय राष्ट्रपति भण्डारीले माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

     

    मिल्दो जुल्दो खबर