• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    ८७२ जना सवार रेल पश्चिम् बंगालको जलपाइगुढीमा दुर्घटना: ९ जनाको मृत्यु


    २०७८ पुष ३०, शुक्रबार

    २०७८ पुष ३०, शुक्रबार

    काठमाडौ /
    भारतको पश्चिम बंगाल अन्तर्गत जलपाइगुढीमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। बिहीबार साँझ ५ बजे बिकानेर–गुवाहटी एक्सप्रेस रेल जलपाइगुढी जिल्लाको मयनागुरीको डोमहनी नजिकै दुर्घटना भएको थियो।

    गुडिरहेको रेलको डब्बा लिकबाट बाहिर खस्दा कयौँ यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अझै पनि डब्बाले यात्रुहरू थिचेको अधिकारीहरूले बताएका छन्। उद्धार भइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको भारतिय संचार माध्यमहरुले बताएको छ।

    १२ वटा डिब्बा लिकभन्दा बाहिर खसेको छ। दुर्घटनामा चार–पाँच बोगी पूर्णरुपमा क्षति भएको छ। दुर्घटना हुँदा रेलको गति ४० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ।

    उक्त रेलमा राजस्थानका ८७२ जना सवार थिए। बीकानेरबाट ३०८ र जयपुरबाट ५६४ यात्रु चढेका थिए। रेल गुवाहुटी गइरहेको थियो। सरकारले मृतकलाई ५ लाख, गम्भीर घाइतेलाई १ लाख र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ।

     

     

    मिल्दो जुल्दो खबर