• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    मिनेन्द्र रिजालले जस्तै नैतिकता देखाउलान जीवनबहादुर शाहीले ?


    २०७८ पुष २, शुक्रबार

    २०७८ पुष २, शुक्रबार

    काठमाडौ/
    कांग्रेस महामन्त्रीमा अस्वीकृत भएको भन्दै नैतिक रुपमा मन्त्री पदमा बसिरहनु अनुचित हुने बताउँदै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजिनामा बुझाएका थिए।महामन्त्रीमा रिजालले भोगेको जस्तै नियति प्रधानमन्त्री शेरबहादुर देउवानिकट जीवनबहादुर शाहीले पनि ब्यहोरेका छन्।देउवा प्यानलबाट पिछडिएको क्षेत्र समूहमा सहमहामन्त्री लडेका शाहीलाई डा. शेखर कोइराला प्यानलका बद्री पाण्डेले पराजित गरेको परिणाम शुक्रबार सानेपाबाट सार्वजनिक भएको छ।

    कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाहीले पाण्डेसँग २७८ मतको पराजय भोगेका छन्। पाण्डेले २४११ मत ल्याउँदै जित दर्ता गराउँदा शाहीले २१३३ मत ल्याउन सफल भए। उता चेतराज बरालले ९९ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ। रिजालले महामन्त्रीमा हारेपछि नैतिकता देखाउँदै राजीनामा दिइरहँदा शाहीलाई पनि त्यही नैतिकता देखाउने चुनौती आएको छ। कर्णाली प्रदेशमा कांग्रेस-माओवादी र समाजवादीको गठबन्धन सरकारको नेतृत्व गरिरहेका शाहीले अब मुख्यमन्त्रीबाट राजीनामा देलान्?

    मिल्दो जुल्दो खबर