• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    सीता एयरको जहाज धावनमार्गमा बंदेलसंग ठोक्किएर दुर्घटना


    २०७८ कार्तिक १६, मंगलबार

    २०७८ कार्तिक १६, मंगलबार

    नेपालगन्ज।
    सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

    उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।

    दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् ।१४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको छ ।

    धावनमार्गबाट जहाज हटाएर विमानस्थल संचालनको प्रयास भइरहेको छ ।

     

    मिल्दो जुल्दो खबर