• कार्तिक १०, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    गजल: धरहरा बिशेष !


    २०८० असोज २०, शनिबार

    २०८० असोज २०, शनिबार

    बहर: मुतकारिब मुसम्मन महजुफ

    तिमी धरहरामा चढेका थियौ
    प्रिया भेट्छु भन्दै बसेका थियौ

    बगाएर पसिना अरबमा पुरा
    सुक्यो ज्यान भन्ने बुझेका थियौ

    छ नागरिकता आज उनको यहाँ
    विदेशी हो मान्छे भनेका थियौ

    गरेको छ अपराध जसले यहाँ
    उनै संग धेरै हिँडेका थियौ

    दिएको हुँ औँठी जवानी हुँदा
    भयो याद भन्दै चुमेका थियौ

    ध्रुबप्रसाद गजुरेल
    तारकेश्वर नगरपालिका ३, काठमाडौ ।
    नोट: लेखक नेपालको ऐतिहासिक धरोहर धरहरा पुननिर्माण अभियानका अभियन्ता समेत हुनुहुन्छ ।

    मिल्दो जुल्दो खबर