• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    गजल – मलाई ति नयनको विस्वास छैन !


    २०८० असोज ८, सोमबार

    २०८० असोज ८, सोमबार

    आँशु बहोस् या हाँसो हतास छैन।
    बुझेकोछु यो जिवन एकनास छैन।

    भन त्यो पिरतीको के अर्थ होला,
    नजिक भएर पनि आभास छैन।

    चोट दिएका छन् कति मनलाई
    मलाई ति नयनको विस्वास छैन।

    जव तिम्रो असलियत आयो सामु,
    बिछोडमा पनि कत्ति निरास छैन।

    एकहोरो कति सम्झनु बिर्सनेलाई,
    होस् भन्दिन्छु कसैको म दास छैन‌।

    लक्ष्मी स्मृति
    बिराटनगर-५

    सम्बन्धित