• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    परिचयपत्र नभएका ब्यक्तिलाई घर भाडामा नदिनु – गृह मन्त्रालय


    २०७८ कार्तिक ८, सोमबार

    २०७८ कार्तिक ८, सोमबार

    काठमाडौँ।
    विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि सरकारले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।

    ११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि गृह मन्त्रालयले कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रुपमै अपिल गरेको हो ।

    गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिाएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध गरेको छ ।

    मिल्दो जुल्दो खबर