
केहि गर्नु अघि सोचौँ एकपल्ट
बित्थै मर्नु अघि सोचौँ एकपल्ट ।
यात्रा हो जँघार आउँछन् अनेकौँ
लौरो झर्नु अघि सोचौँ एकपल्ट ।
बिर्सन गाह्रो जन्मे ठाउँको माटो
बसाँई सर्नु अघि सोचौँ एकपल्ट ।
दिन दिन अनैतिक हुदैछन् मान्छे
दिलमा भर्नु अघि सोचौँ एकपल्ट ।
चोट उस्तै दुख्छ मन त एउटै हो
आँखा तर्नु अघि सोचौँ एकपल्ट ।
© लक्ष्मी स्मृति,
बिराटनगर-५