• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    गजल – हुदैन रहरको शहर यहाँ


    २०८१ असार ११, सोमबार

    २०८१ असार ११, सोमबार

    कसैको हुँदैन घर यहाँ याद गर्ने गर
    हुदैन रहरको शहर यहाँ याद गर्ने गर।

    सकेको तान्न खोज्छन् पाउ रिस गर्नेहरुले
    आफ्नैको छैन कति भर यहाँ याद गर्ने गर।

    गर्नेले जे नि गर्न सक्छन् सिमा नाघेर पनि
    लिन्नन् देवताको डर यहाँ याद गर्ने गर।

    मान्छे हो मान्छे हुन सके त पुग्छ मनलाई
    हुन्न नजिक कोही पर यहाँ याद गर्ने गर।

    जिउन नि मुश्किल पार्छन् कुरा काट्नेहरुले
    कुराले केही हुन्न तर यहाँ याद गर्ने गर।

    भगवती खनाल “सुनाखरी”
    विदुर -८ नुवाकोट 

    मिल्दो जुल्दो खबर