• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    गजल – मलाई मेरै भर छैन !


    २०८० चैत्र ९, शुक्रबार

    २०८० चैत्र ९, शुक्रबार

    मान्छे कोहि यहाँ अमर छैन
    मलाई मेरै पनि त भर छैन।

    सोच्दा सोच्दै कति पार भए
    प्रश्न यति छन् कि उत्तर छैन।

    ढुंगा या दिल हो कसरी बुझ्ने
    जव कुनै कुराको असर छैन।

    शिशु,छात्रा कोहि नचिन्ने छ्या
    लाग्छ मान्छेलाई अव डर छैन।

    दुर्गम सुगम बनोस् खै कसरी
    गए पछि कसैको नजर छैन।

    स्मृतिमा मज्जैले सजाउँ भन्यो
    कतै निस्वार्थी गाउँ,शहर छैन।

    © लक्ष्मी स्मृति

    मिल्दो जुल्दो खबर