नुवाकोट/
जिल्लाको किस्पाङमा आफ्नै छोराले बाबुको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरि उनले बाबुको हत्या गरेका हुन।
किस्पाङ गाउँपालिका ५ पोखरीस्थित आफ्नै घरमा शुक्रवार राती १७ वर्षिय फुलकुमार नेपाली परिर्वतित नामले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।


हत्या हुनेमा किस्पाङ गाउपालिका वडा नम्बर ५ पोखरी गाउं बस्ने ५५ वर्षिय भरतबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरीका अनुसार बाउ छोरा बिच भएको बिबाद बढ्दै जाँदा मदिरा सेवन गरेका छोराले ढोकामा लाउने आग्लोले टाउकोमा प्रहार गरि घांटी थिचि मारेको बताइएको छ।
त्यस्तै उक्त कार्यमा उनकी श्रीमती संलग्न रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। उनीहरु दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ ज्यान सम्बन्धि कसूरमा अनुसंधान गर्न जिल्ला अदालत नुवाकोटबाट ५ दिन म्याद लिइ अनुसन्धान भैरहेको छ।
