• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    त्यो साथसंगको रात !


    २०८० फागुण २७, आइतबार

    २०८० फागुण २७, आइतबार

    बाल्यकाललाई छोडेर वयस्क प्रवेश
    अन्जान संसार
    लाग्छ अबोध बालक
    पढ्ने रहरका बाढी बगेका थिए।

    १६ बर्षकी म हुँदा, समय फेरियो
    खुल्ला त्यो जुन कालो बादल आइ छेलियो
    उडिरहेको पन्छिलाई पिजडाले बेरियो
    रहर मेटि बाध्यताले घेरियो।

    अन्जान कहिल्यै नभेटेको उहाँसंग
    पारिवारिक बिवाहामा बाधिनु पर्यो
    न बोलचाल न चिन्जान खै कसरि नजिकिनु
    समाजिक सस्कारको नातामा साँधिनु पर्यो।

    उहाँलाई समाजले स्वीकार्यो तर मनले मानेन
    त्यो रात मेरो बाध्यता तर कसैको रहर थियो ।
    मनले भन्थ्यो तँ बलात्कृत भइस तर समाजले मानेन,
    कसैको उत्त्योजना तर मेरो पिडा र कहर थियो।

    उत्तेजित उसले कलिलो शरिर मलाई बुझेन,
    उसको आनन्दले मेरो दुखाइ बुझेन,
    उसको वैषालु रसले मेरो गहको रस देखेन,
    मलाई बुझ्ने म जस्तै उ भाग्यमा लेखेन,

    साच्चै आज मुख खोल्छु,
    त्यो रात म बलात्कृत नै भएको थिए किनकि,
    उ अन्जान मेरो रहर बिना म बाध्य थिएँ,
    त्यो अधिकार समाजले त उसलाई दिएको थियो,
    तर उसलाई मेरो मनले दिएको थिएन
    त्यो रात कसैको नआओस किनकि,
    उसले मेरो मनलाई बुझेको थिएन ।

    प्रमोद सापकोटा
    नेत्रावति डबजोङ गाउँपालिका – ४ धादिङ

     

    मिल्दो जुल्दो खबर