• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    म आगो भए तिमी पानी बन्नु !


    २०८० फागुण २१, सोमबार

    २०८० फागुण २१, सोमबार

    भई दिएन भने दुबैलाई हानी सक्किगो नि
    म आगो भए बन्नु तिमी पानी सक्किगो नि।

    नजर लगाउँछन् बाटो भरी मख्ख नपरे हुन्छ,
    भोलि हुदैनन् कोहि,गए जवानी सक्किगो नि।

    मिठो बोल्ने शुन्दर मनका कहाँ हुन्छन् सबै
    चालै दिदैनन् ति भित्री बेईमानी सक्किगो नि।

    मायाँ कति गर्छौ के सोध्छौ विस्वास नभए झैँ,
    तिमी लास हुँदा हुनेछु खरानी सक्किगो नि।

    गुण बाहेक के लिनु र के दिनु छ आखिरीमा,
    हाँसीखुशी बितोस् जिन्दगानी सक्किगो नि।

    ✍️ लक्ष्मी स्मृति

    ©लक्ष्मी स्मृति

    मिल्दो जुल्दो खबर