मध्य नेपालमा आज (आइतबार) बिहान ठूलै भूकम्प गएको छ।
आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा काठमाडौँलाई मज्जैले हल्लाउनेगरी ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।
धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि मज्जैले हल्लाएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर ६ १ रेक्टरको भूकम्प गएको बताए।
क्षतिको विवरण भने प्राप्त भैसकेको छैन ।