• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    आँखा भित्र आँशुको ताल बनेको छ !


    २०७९ चैत्र १, बुधबार

    २०७९ चैत्र १, बुधबार

    हिजोआज पागलको जस्तै हाल बनेको छ
    सायद आँखा भित्र आँशुको ताल बनेको छ !!

    बाहिर हेरेर भित्री रहस्य कहाँ बुझ्न सकिन्छ
    पासो भित्रको पंक्षिलाई दोषी जाल बनेको छ !!

    हाम्रो सम्बन्ध यति नै थियो अन्त्य गरौं हुन्न ?
    उनको मनमा यस्तो सम्म सवाल बनेको छ !!

    संगै भए संसार बिर्सन्छु भन्दै जाेडेको नाता
    छुटेपछि जिउँदा लाई मार्ने काल बनेको छ !!

    गोविन्द धामी
    नुवाकोट

    मिल्दो जुल्दो खबर