काठमाडौ /
पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।

देबचुली नगरपालिका वडा नम्बर ४ स्थित शान्ति श्रीजना आधारभुत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिक तर्फको मतपेटिकामा आगजनी गरेको हो।

सो पेटिकामा ७२० मत खसेको थियो। आग्जनी गर्ने स्थानिय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले मतपेटिकामा बडि लोशन दलेर मतपेटिकामा खसाएको बयान दिएका छन्। आगजनी गरेपछि भण्डारी भागेका थिए।

उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय