नुवाकोट।

बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत नुवाकोट एक युवाको मृत्यु भएको छ।

नुवाकोटको साविक कल्याणपुर गाविस -५ (बिदुर नगरपालिका-१३) घर भएका टेक बहादुर तामाङको गत राती सुतेको अबस्थामा मृत्यु भएको उनका साथीहरुले जानकारी गराएको छ।

कोरियाको ख्वाङ्जुमा कार्यरत तामाङ
अघोल्लो दिन ड्युटी गरि सुतेका थिए । उनि सुतेकै अबस्थामा साथीहरुले भेटेर कोरियन प्रहरीलाई खबर गरिएको बताएको छ। उनको मृत्यु के कति कारणबाट भएको भनेर त्यहाका प्रहरीले छानबिन गरिरहेको स्रोतले जानकारी दिए।

परिवारका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा विगत ८ बर्ष देखि कार्यरत तामाङको श्रीमती ३ बर्ष र १८ महिनाको २ छोरा रहेका छन् ।

उनको पार्थिव शवलाई आवश्यक प्रक्रिया पुर्याएर नेपाल ल्याउन वैदेशिक रोजगार उद्दार नेपालको सहयोगमा परिवारले परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय