काठमाडौ /
पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चापका कारण मंगलबारसम्ममा सहमति गर्ने गृहकार्य भइरहेको बताए । ‘अब समय धेरै छैन, पार्टीभित्र उम्मेदवार चयनका लागि समेत समय चाहिने भएकाले गठबन्धनबीच बुधबारसम्ममा सहमति जुटाउने गरी पहल भइरहेको छ,’ उनले भने, ‘अहिले प्रदेशसभाका ३ सय ३० क्षेत्रमा सहमतिनजिक पुगिरहेका छौं ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ ।बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो ।कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८४/८५ सिटमा झर्ने संकेत दिएका छन् ।

कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) बीच समझदारी बनाउने छुट्टै गृहकार्यसमेत जारी छ। तीन दलबीचमा सिट बाँडफाँटका लागि करिब सहमति जुटिसकेको माओवादीका एक नेताले बताए। ‘एकीकृत समाजवादी र जसपाले अलि बढी दाबी गरेकाले केही समस्या भएको छ,’ ती नेताले भने, ‘प्रदेशसभाको सिटमा छलफल गर्दै जाँदा त्यसमा पनि सहमति बन्छ। त्यो भएन भने यो पनि हुन्न भन्ने किसिमले अड्किएका छन् ।संघ र प्रदेश दुवैतर्फ सबै सिटमा समझदारी बनेपछि एकैचोटि सार्वजनिक गर्छौं ।’

माओवादी र एकीकृत समाजवादीबीच धेरै निर्वाचन क्षेत्रमा दाबी देखिएका छन् । माओवादीले करिब ४५ देखि ४७ सिटसम्म पाउने निश्चित छ। तीमध्ये दुई दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा सहमति बनिसकेको छ ।अन्यमा दोहोरो र तेहरो दाबी रहे पनि शीर्ष तहमा करिब समझदारी बनेको छ ।

गठबन्धनमा सामेल कांग्रेसका एक नेताका अनुसार दुई–चार सिटमा कुरा नमिले पनि कांग्रेसले पाउने क्षेत्र करिब तय भइसकेको छ ।संख्यामा माओवादी, नेकपा (एस) र जसपाबीच समेत करिब सहमति छ तर निर्वाचन क्षेत्रमा २५/३० स्थानमा विवाद कायम छ। मधेस प्रदेशका केही सिटमा कांग्रेस र जसपाबीच कुरा मिल्न बाँकी छ ।संख्या बाँडफाँटमा भने करिब सहमति नै छ ।मधेस प्रदेशमा कांग्रेसले १२, जसपाले १३, माओवादीले ५ र एकीकृत समाजवादीले २ सिट लिने गरी शीर्ष नेताहरूबीच सहमति बनेको छ ।

सदस्यले भने ।

माओवादीले यसअघि चुनाव जिते पनि कतिपय क्षेत्रमा साटफेरको प्रस्तावसमेत कांग्रेस सभापति देउवाले राखेका छन् । गोरखामा सुरेन्द्र पाण्डेका लागि क्षेत्र १ कांग्रेसले मागेको छ ।गोरखा–१ बाट बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने माओवादीको अडान छ। त्यस्तै नुवाकोट–१ देउवाले प्रवक्ता प्रकाशशरण महतका लागि खोजेका छन् ।यसअघि जितेकाले माओवादी उक्त क्षेत्र छाड्न तयार भएको छैन ।

राष्ट्रिय जनमोर्चालाई बागलुङ–१ र प्यूठानमा दुई सिट दिने तय भएको छ । २०७४ मा प्यूठानबाट जनमोर्चाकी नेत्री दुर्गा पौडेल निर्वाचित भएकी थिइन् ।यस पटक अध्यक्ष चित्रबहादुर केसीले समेत निर्वाचन लड्ने इच्छा प्रकट गरेकाले प्रधानमन्त्री देउवाले बागलुङ–१ उनका लागि छाड्ने निर्णय लिएका हुन् । बागलुङका दुवै क्षेत्र संघमा कांग्रेसले उम्मेदवारी नपाउने भएको छ ।

समझदारी भएका क्षेत्रहरु:

कांग्रेस

पाँचथर, इलाम–२, झापा–१, २, ३, संखुवासभा, मोरङ १, २, ३, ६, सुनसरी २, ३, र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी ४, सिरहा १, सिरहा २ र ३ मध्ये १, धनुषाका ४ मध्ये २, महोत्तरी २, सर्लाही ४, रौतहट ४, बारा १, सिन्धुली १, रसुवा, धादिङ २, काठमाडौं १, ३, ४, ५, ६, भक्तपुर–२, ललितपुर–१, २, काभ्रे २, सिन्धुपालञ्चोक २, मकवानपुर १, चितवन २, मनाङ, कास्की ३, स्याङ्जा १, तनहुँ–१, नवलपुर १, २, मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, दाङ–३, अर्घाखाँची, रूपेन्देही ३, कपिलवस्तु २, बर्दिया १, नवलपुर १ र २, सुर्खेत १ र २, बाजुरा, अछाम–२, कैलाली–४ र ५, दार्चुला, डडेलधुरा, कञ्चनपुर २ र ३, काभ्रे, २, सिन्धुपालञ्चोक–२, गोरखा–२, बाँके ३, बर्दिया–१ नवलपरासी (बर्दघाट सुस्ता–१), नवलपरासी (बर्दघाट सुस्ता) २, मुगु र जुम्लामध्ये एक, हुम्ला, दैलेख १ र २ मध्येबाट एक, सर्लाहीका चारमध्ये दुई, पर्साको ४ मध्ये १, धनकुटा कांग्रेसले पाउने करिब सहमति छ ।

माओवादी

झापा ४, ५, भोजपुर, सर्लाही ३, सिन्धुली २, नुवाकोट २, चितवन ३, कालीकोट, रुकुम पूर्व, दाङ–२, रुकुम पश्चिम, बागलुङ–२, कञ्चनपुर १, काभ्रे १, सिन्धुपालञ्चोक–१, गोरखा–१, बाँके १, बर्दिया–२, सिरहा–३ र ४ मध्ये १, महोत्तरी–१, रौतहट–३, मोरङ, ४ र ५ मध्ये १, जाजरकोट, हुम्ला र दैलेख १, २ मध्ये १, मुगु र जुम्लामध्ये १, बाँके १ र ३ मध्यबाट १ ।

नेकपा एस

ताप्लेजुङ, इलाम–१, रौतहट १, काठमाडौं ८, कास्की २, गुल्मी २, रूपन्देही २, डोल्पा, बारा–१, पाल्पा–२, दाङ–१,

जसपा

सप्तरी २, ३, महोत्तरी ३, बारा २, काठमाडौं ७, कपिलवस्तु ३, बाँके २, सिरहा ३ र ४ मध्ये १, धनुषा ४ बाट १, सर्लाही ४ क्षेत्रमा २, पर्साका ४ क्षेत्रमध्ये ३ वटा, सुनसरी–१

कुलचन्द्र न्यौपानेले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x