कपिलवस्तु /
जिल्लामा कुलोको विषयमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको महाराजगन्ज नगरपालिका–२ पडरीयामा कुलोको विषयमा आज दिउँसो भएको कुटपिटबाट अब्दुल जब्बारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय ६३ वर्षीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षीय सम्साद मुसलमानले ६८ वर्षीय जब्बारमाथि कुटपिट गरेका थिए ।कुटपिटबाट जब्बारको मृत्यु भएको प्रहरीले जनाएको छ ।बाबुछोराले कुटपिट गर्दा घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीले कुटपिट गर्ने बाबुछोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
