काठमाडौं/
केही किलोमिटर दुरिमा रहेको चन्द्रागिरिसम्म पुग्न पनि प्रधानमन्त्रीले हेलिकोप्टर प्रयोग गरेका छन। दीगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्री देउवा हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका हुन्।

उनलाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीहरुले स्वागत गरे।

हेलिकोप्टर चढेर पुगेका देउवाले चन्द्रागिरिमा दीगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय