काठमाडौ /
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार पेश गरेको भारतको युनियन सरकारको २०२२/२०२३ को बजेटमा नेपाललाई यस वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको छ।

सन् २०२१/२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो।

कुन देशलाई कति ?

मौरिससले यस वर्ष पनि ९ अर्ब भारु र श्रीलंकाले २ अर्ब भारु पाउनेछन भने अघिल्लो वर्ष ३० अर्ब पाएको भुटानले यो वर्ष २२ अर्ब ६६ करोड, अघिल्लो वर्ष साढे ३ अर्ब भारु पाएको अफगानिस्तानले यो वर्ष २ अर्ब भारु र अघिल्लो वर्ष ९ अर्ब ९२ करोड भारु पाएको नेपालले यो वर्ष साढे ७ अर्ब भारु पाउने भएका छन्।

यता अघिल्लो वर्ष २ अर्ब भारु पाएको बंगलादेशले यो वर्ष ३ अर्ब, अघिल्लो वर्ष साढे २ अर्ब भारु पाएको माल्दिभ्सले यो वर्ष ३ अर्ब ६० करोड, अघिल्लो वर्ष ४ अर्ब पाएको म्यानमारले ६ अर्ब र अघिल्लो वर्ष २ अर्ब मात्रै पाएको मंगोलियाले यो वर्ष १२ अर्ब भारु पाउने भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय