काठमाडौ /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार निकम्मा रहेको बताएका छन् ।पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप लगाए ।
देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको पनि ओलीले बताए ।‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीले भने ।
‘गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ ।महँगी, भ्रष्टाचार बढेको छ ।धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन ।सरकारले नेपाललाई गरिवीतिर लगेको छ’, ओलीको भनाइ छ ।