काठमाडौ /
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पूर्णकालीन सदस्यलाई मासिक १० हजार खर्च दिने तयारी गरिएको छ।
एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीका अनुसार काठमाडौं भित्र रहेका पार्टीका पूर्णकालीन सदस्यलाई मासिक १० हजार रुपैयाँ व्यवस्था गर्न लागिएको हो।
उनका अनुसार जिल्ला समितिमा रहेका सदस्यमध्ये हरेक निर्वाचन क्षेत्रमा दुई जनालाई खाजा, खाना, फोन रिचार्ज गर्ने खर्चस्वरूप १० हजार रुपैयाँ प्रदान गर्नेगरी क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालीन सदस्य चयन गरिनेछ।
सदस्यता वितरण, संगठन निर्माण र परिचालन अभियान अवधिभरका लागि मासिक १० हजार खर्च दिनेगरी काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालीन सदस्य बनाउने प्रस्ताव अघि बढाइएको हो।