नुवाकोट।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलनमार्फत् प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गरेका हुन्।

प्रदेशबासीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकारले यो अवधिमा गरेका कामका बारेमा चर्चा गरे। उनले आफू नेतृत्वको सरकारले विकास निर्माण लगायत प्रदेश सरकारको तर्फबाट निर्माण गर्नुपर्ने ऐन, नियम र विधेयकका बारेमा महत्वपूर्ण काम गरेको दाबी गरे।

सत्ता गठबन्धनमा कात्तिक १५ गतेदेखि प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिने लिखित सहमतिअनुसार कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारका मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएका हुन्।

अब कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने जनाइएको छ। कांग्रेसबाट संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्।

उता प्रदेश नं १ का मुख्यमन्त्री भिम आचार्यले पनि राजीनामा दिइसकेका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय