केरला।
केरला राज्यको थालावाद्यमा खड्‌कुँलोलाई डुङ्गा बनाएर विवाह गर्न गएका वर-वधूको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

वर्षा र बाढीले सडक जलमग्न भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध भएपछि खड्‌कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए ।उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए ।

आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो । आकाश र ऐश्वर्या दुवै स्वास्थ्यकर्मी हुन् । आफ्नो विवाहको मिति अलि पहिले निश्चित गरिएको र थप बिदा लिन असहज हुने भएकोले सार्न नचाहेको बताउँदै आकाशले हतारमा खड्‌कुँलो मात्रै उपलब्ध भएको बताए ।

उनीहरूको विवाह दुई परिवारको सानो समारोहमा गरिएको थियो ।  तर, अनलाइनमा तस्बिरहरू सार्वजनिक भएपछि आफ्नो विशेष दिनमा धेरै मानिस सहभागी भएको उनीहरूले बताएका छन् ।

बाढी र पहिरोले आक्रान्त बनेको केरलाका धेरै ठाउँमा पानीले पुल र सडक बगाएको, कतिपय गाउँहरू पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएको र नदीहरूमा पानीको तह बढेको छ । बिबिसीबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय