एजेन्सी।
मेक्सिकोको नायारिट प्रान्तस्थित जाला शहर जहाँ संसारकै सबैभन्दा ठूलो मकैको घोगा फलाउने शहर हो ।त्यहाँ फल्ने जस्तै मकै मेक्सिकोका अन्य ठाउँहरुमा पनि फल्दछ तर आकार भने त्यहाँ जत्तिको ठूलो कतै फल्दैन ।

सन् २०१९ मा जाला सहरका किसान जेसस नाजारियो इलियास मोक्टेजुमाले सबैभन्दा ठूलो मकैको घोगा फलाए । मकै प्रतिस्पर्धामा सहभागी भएका जालाले फलाएको मकैको घोँगा ३९.५ सेन्टिमिटर थियो ।

त्यो प्रतिस्पर्धामा दोश्रो हुने मकैको घोगा पनि ३९ सेन्टिमिटर थियो भने अन्य सहभागीहरुका मकैका घोगा पनि खासै साना थिएनन् ।

त्यसअघि सन् २०१६ मा स्थानीय किसानले ४५ सेन्टिमिटरको मकैको घोगा फलाएका थिए । सन् १९२४ मा त्यहाँ ६० सेन्टिमिटरको मकैको घोगा फलेको थियो । त्यस्तै मकैको बोट ६ मिटर अग्लोसम्म हुन्थ्यो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय