• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    अन्ततः उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत


    २०७८ असोज २४, आइतबार

    २०७८ असोज २४, आइतबार

    काठमाडौ।
    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ।आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री देउवा समक्ष राजीनामा बुझाए लगत्तै प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरेको हो।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट कांग्रेसको नाममा मन्त्री बनेको भन्दै चोतर्फि आलोचना भएपछि उनले राजीनामा दिन बाध्य भएका थिए।

    विवादमा किन पर्ने भनेर मैले मेरो स्वविवेक प्रयोग गरेको हुँ उनलेे भनेका छन् ।राजनीतिक योगदान भएरपनि प्रधानन्यायाधीशसँग जोडेर विवाद झिकिएपछि राजीनामा दिन बाध्य भएको हमालको गुनासो गरेका छन।

    कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद् नै नभएका गजेन्द्र हमाल नियुक्त गरेका थिए। गैह्र सांसद् हमाललाई मन्त्री बनाएपछि कांग्रेसभित्रै असन्तुष्ट बढेको थियो।

     

    मिल्दो जुल्दो खबर