• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    केपि ओलि नाइटक्लबमा


    २०७९ कार्तिक २६, शनिबार

    २०७९ कार्तिक २६, शनिबार

    काठमाडौ /
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुगेका छन् ।

    उनी नयाँ र्याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले एलओडी पुगेर नयाँ र्याप गीत सार्वजनिक गरेको जनाएका छन्।

    उनले युट्युवमा केही दिन अघि नै सार्वजनिक भएको गीतलाई सार्वजनिक गरेका हुन्।

    ओली शिर्षकको उक्त गीतमा ओलीलाई नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।

    उक्त गीतलाई नेकपा एमालेले आगामी निर्वाचन लक्षित बनाएको हाे ।

    मिल्दो जुल्दो खबर