• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    पाठ्यक्रम समायोजनको तयारी: विद्यालय र सिटिइभिटिको पाठ्यक्रम एउटै बनाइने


    २०७८ चैत्र ७, सोमबार

    २०७८ चैत्र ७, सोमबार

    काठमाडौ /
    शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन भएका छन्। एउटै संस्थामा दुईथरी पाठ्यक्रम र जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो।

    सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ। तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सीटीईभीटीको तीनवर्षे डिप्लोमा कार्यक्रमसमेत सञ्चालित भएका छन्।

    शिक्षा मन्त्रालय अन्तर्गतका केन्द्र र सीटीईभीटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ।

     

    मिल्दो जुल्दो खबर