
काठमाडौ /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर बाहिरिएलगत्तै कांग्रेस नेताहरुको इन्ट्री भएको छ। अध्यक्ष ओली बाहिरिएसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्रीसँग भेट गर्न प्रवेश गरेका हुन्।
राष्ट्रिय सहमतिको चर्चा गर्दै आएका प्रचण्डले शुक्रबारै भएको पुरानो गठबन्धन दलको बैठकमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सहमति गरेका छन्।
पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा एमालेलाई राष्ट्रपति दिने सहमति गरेका प्रचण्डले बोली फेरेको भन्दै एमाले असन्तुष्ट छ।
कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबारै साँझ ५ बजे पुनः संयुक्त बैठक बसेर साझा निर्णय गर्ने तयारी गरेका छन्।