नुवाकोट /
जिल्लामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेलकोटगढी गाउँपालिका-१३ घर भएका हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बस्ने २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलिले उनलाई पक्राउ गरेको हो।


पक्राउ परेका मगरसंग प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
