• मंसिर ७, २०८३ सोमबार
    23 Nov, 2026, Monday

    म्यागङकी मुस्कान तामाङले जितिन: मिस ट्यालेन्ट नेपालको उपाधि


    २०८१ असार ४, सोमबार

    २०८१ असार ४, सोमबार

    सामरी/नुवाकोट/
    म्यागङ गाउँपालिका -६ घर भएकी मुस्कान तामाङले मिस ट्यालेन्ट नेपालको उपाधि जितेकी छिन् ।

    एनआरडि इन्टरटेन्टमेन्टको आयोजनामा राष्ट्रिय नाचघर काठमाडौँमा भएको प्रतियोगितामा मुस्कानले उक्त उपाधि जितेकि हुन।

    कम्पनीको आयोजनामा पहिलोपटक भएको प्रतियोगितामा स्मृति तामाङ द्वितिय र अमृता मगर तृतीय भईन्।

    विजेताहरुलाई पूर्वमन्त्री प्रभु शाह, मिस नेपाल वर्ल्ड २०१५ की विजेता ईभाना मानन्धर, नम्रता लामा, प्रियारानी लामा, ज्वालाराज पोखरेललगायतले क्राउन र पुरस्कार वितरण गरेका थिए।

    प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

    सम्बन्धित