• मंसिर १, २०८३ मंगलबार
    17 Nov, 2026, Tuesday

    पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको फेसबुक ह्याक


    २०८१ फागुण २७, मंगलबार

    २०८१ फागुण २७, मंगलबार

    पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईको फेसबुक ह्याक भएको छ। भट्टराईको सचिवालयका अनुसार उनको फेसबुकबाट भ्रामक टिप्पणी भइरहेको र पेजको सुरक्षाका लागि काम भइरहेको जनाएको छ।

    ‘डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनोनिमस समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्,’ भट्टराईको सचिवालयले भनेको छ, ‘हाल उहाँको आईटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ। यसै सन्दर्भमा, डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ।’

    सम्बन्धित