
नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ पोखरी डाँडामा सातौं नगिनिकप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ। म्यागङ -५ का वडा अध्यक्ष जितबहादुर तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
कुल २१ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको समापन माघ १९ गते हुनेछ ।
आज भएको उद्घाटन खेलमा बट्टारलाई १ गोलका विरुद्ध ४ गोल गर्दै आयोजक नागिनिथान “A” विजयी भएको छ।
यसैगरी भोलि माघ १५ गते ५ खेलहरु हुनेछन। प्रथम खेल बिहान ८ बजे कल्लाबारी Vs कन्यास्थान बिच हुनेछ।
यस्तैगरी दोस्रो खेल १० बजे माने Vs मैवल बिच हुनेछ ।तेस्रो खेल १२ बजे कल्लाबारी Vs न्यु लालिगुराँस बिच हुनेछ।
चौथो खेल २ बजे कुपा Vs सामरी बिच हुनेछ भने अन्तिम खेल ३ बजे नगिनिथान Vs जलकुन्नी बिच हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५ हजार जित्नेछन भने दोस्रो हुने टिमले ५५ हजार प्राप्त गर्नेछन।