
नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा नेकपा एमालेको दोस्रो अधिवेशन सम्पन्न भएको छ। लालसिङ तामाङलाई निर्विरोध अध्यक्षमा चयन गर्दै सम्पन्न भएको हो।
उक्त अधिवेशनमा नेकपा एमाले नुवाकोटका इञ्चार्ज केशवराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।जिल्ला अध्यक्ष बद्री मैनाली ,नारायण प्रसाद खतिवडा लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
म्यागङ -५ सामरीमा सम्पन्न उक्त अधिवेशनले लालसिङ तामाङको अध्यक्षतामा ३३ सदस्यीय पालिका कमिटी गठन गरेको छ।