
नुवाकोट /
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको हो।
ट्रान्सफर्मर खरिदको विवरण उपलब्ध नगराएको, मन्त्रालयले मागेको जवाफमा असन्तुलित जवाफ दिएको, सरकारले बनाएको जाँचबुझ समितिलाई सहयोग नगरेको लगायत विषयको ऊर्जा मन्त्रालयले जवाफ मागेको छ।
त्यस्तै, कार्यसम्पादनमा कम अंक प्राप्त गरेकोजस्ता विषय स्पष्टीकरण पत्रमा सोधिएको छ । यी प्रश्नको जवाफ पठाउन सरकारले घिसिङलाई सातदिनको समय दिएको छ। चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार हुने पत्रमा लेखिएको छ।
सरकारले यसअघि पनि घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो ।