गोरखा : जिल्ला

को आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।

स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार शनिवार साँझ खाना पकाउन आगो बाल्दा नजिकै राखेको मकैको खोस्टाबाट सल्किएर आगो लागेको हो।

क्षतिको विवरण आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय