हुम्ला/
जिल्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गरिरहेका छन् ।हिउँले जाडो बढेपछि विद्यार्थी कोठा बाहिर घाम ताप्दै हिउँमै बसेर अध्ययन गरिरहेका हुन्।

जिल्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ। कक्षा भित्र झन् बढी जाडो हुने भएकाले सबै कक्षा बाहिर हिउँ जमेको चौरमै सञ्चालन भइरहेका छन्।

हिमपात भएपछि कक्षाकोठामा निकै जाडो हुने भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताए। ‘मंसिर अन्तिम भएका कारण त्यसै त चिसो बढेको र त्यसमाथि झन् हिमपातको कारण चिसो निकै बढेकाले चौरमा राखेर पढाउनुको विकल्प छैन’, उनले भने।

विद्यालयले चौरमा बाल विकासदेखि कक्षा दशसम्मका झण्डै ३०० विद्यार्थीलाई राखेर पढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय