नुवाकोट /
अनलाइनमार्फत् ठगी गरेको आरोपमा नुवाकोटका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा म्यागङ -२ कि २१ वर्षीया मधु तामाङ रहेका छन् ।

उनीसहित झापाको बिर्तामोड नगरपालिका–३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती समेत पक्राउ परेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनीहरूले फेसबुक पेजहरूमा विज्ञापन गरी आइफोन सस्तोमा बेच्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

आइफोनका लागि एड्भान्स बापतको रकम हाल्न लगाएर उनीहरू सम्पर्कविहीन हुने गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय