• कार्तिक २४, २०८३ मंगलबार
    10 Nov, 2026, Tuesday

    किशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने एक नुवाकोटे पक्राउ


    २०८१ असार २२, शुक्रबार

    २०८१ असार २२, शुक्रबार

    नुवाकोट /
    जिल्लामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेलकोटगढी गाउँपालिका-१३ घर भएका हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बस्ने २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    मगरले ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलिले उनलाई पक्राउ गरेको हो।

    पक्राउ परेका मगरसंग प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित