नुवाकोट /
जिल्लाको विदुर -७ तुप्चेमा डा भिमलाल तामाङको संस्थाले दलित परिवारलाई बाख्रा , एकल महिलालाई आर्थिक सहयोग र विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

नेपालका असल मित्रहरु संस्था अन्तर्गत जि. एफ. एन. परोपकारी परियोजना २०८०/२०८१ को कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो।

बिदुर – ७ तुप्चेमा २० घर बिपन्न शिल्पी (दलित) समुदायलाई बाख्रा वितरण, बृद्धा एकल महिलाहरुलाई आर्थिक सहयोग, सुन्दरादेवी आधारभूत बिद्यालयको सम्पूर्ण बिद्यार्थिहरुलाई लेखन तथा खेलकुद सामग्री, एक आर्थिक बिपन्न परिवारका जेहन्दार छात्रालाई एकमुष्ट एक वर्षको छात्रवृत्ति रकम र जनजागृति युवा क्लबद्वारा आयोजना गर्न लागिएको रोपाइँ विशेष कार्यक्रममा गरिने छात्रवृत्तिको लागि आवश्यक रकमको चेक हस्तान्तरण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय