देउडी, नुवाकोट।
जिल्लाको अजिङ्गरे माविका विद्यार्थीहरुलाई नेपाल दुर संचार संस्थान (एनटिसी)को सहयोगमा स्कुल ब्याग बितरण गरिएको छ।
एनटिसीका सहायक लेखा अधिकृतमा कार्यरत विदुर-१३ का स्थानीय अच्युत कुमार ओझाको पहलमा नेपाल दुर सन्चारको सहयोगबाट कक्षा १ देखि कक्षा ५ सम्मको ५३ जना विद्यार्थी भाइबहिनीहरुलाइ स्कुल ब्याग र १३ वडा कार्यलयलाई एक सेट मल्टिचार्जर हस्तान्तरण गरिएको हो।
आफ्नो गाउँ ठाउँको विद्यालयको विद्यार्थीलाई केही भए पनि राहत होस र उनीहरुलाई सकारात्मक हौसला प्रदान आफ्नो पहलमा स्कुल ब्याग वितरण गरिएको अधिकृत ओझाले बताए।
आइतबार एक कार्यक्रम गरि ब्याग बितरण गरिएको थियो। उक्त कार्यक्रममा वडा अध्यक्ष भरत बाहादुर तामाङ, बिब्यसका अध्यक्ष राज कुमार अधिकारी , वडा सदस्य मनमाया तमाङ , समाजसेवी पुरुषोत्तम अधिकारी,पुर्ब शिक्षक तथा राजनीतिकर्मी नमराज ओझा , ब्यबस्थापन समितिका सदस्यहरु , अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो।
उक्त विद्यालयलाई केही समय पहिला साउदी र कतारमा कार्यरत पुर्ब विद्यार्थी तथा नेपाली साझा मन्च ,साउदी अरेबियाले शैक्षिक विकासको लागि टेलीभिजन, विद्यार्थीको सुबिधाको लागि खानेपानी जार सेट र सुरक्षाको लागि सिसिटिभीको लागि सहयोग गरिएको थियो।