नुवाकोट/
जिल्लाको म्यागङ -५ सामरीमा बागमती प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। “भलिबल खेलाडीहरुको पहिचान तथा प्रवर्द्धन, खेल खेलाडी र क्षमताको संरक्षण” भन्ने मुल नारासहित उक्त प्रतियोगिता हुन लागेको हो।
आज बिहीबार सामरीमा आयोजित पत्रकार सम्मेलनमा म्यागङ क्लबका अध्यक्ष बिजय तामाङले यस्ता खेलहरुले पालिकाको पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउने अपेक्षा राखिएको बताए। गाउँपालिका अध्यक्ष आशाबहादुर तामाङले प्रतियोगितामा बागमती प्रदेशका २५ भन्दा बढी पालिकाले भाग लिने अपेक्षा राखेको जानकारी दिएका थिए।


समाजसेवी रामेश्वर खड्काले २०७२ सालको विनाशकारी भुकम्पमा यहि भलिबल प्रतियोगिताका कारण धेरैको ज्यान जोगिएकोले यस्लाई आगामी वर्षहरुमा पनि निरंतरता दिनुपर्ने बताए।
खेल संयोजक पाल्देन लामाले ०७२ साल वैशाख १२ गतेको दिन पनि भलिबल प्रतियोगिता भईरहेको अवस्थामा महाभूकम्पबाट केहि आमनागरिकहरुको धनजनको क्षति हुनबाट जोगिएकोले प्रतियोगितालाई निरन्तता दिदैं आईरहेको बताए ।
प्रतियोगिता २०८१ सालको बैशाख ७ गतेदेखि १२ गतेसम्म संचालन हुनेछ।
प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीय पुरस्कार दुई लाख दुई हजार २२२ रुपैयाँ र तृतीय पुरस्कार ५० हजार ५५५ रुपैयाँ सान्त्वना पुरस्कार २५ हजार राखिएको छ।
“प्रतियोगितामा राष्ट्रिय निर्णायक तथा व्यवसायिक खेलाडीहरुको सहभागिताले खेल र खेलाडीकोहरु मनोबल बढ्ने म्यागङ क्लबका अध्यक्ष विजय गुरुङले बताए।
प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाँ लाग्ने गाउँपालिका उपाध्यक्ष सिता तामाङले जानकारी दिईन् ।यश खेलले पर्यटन विकासले आन्तरिक पर्यटन तथा समग्र खेल र खेलाडीहरुको प्रवर्द्धनमा समेत टेवा पुग्ने बताईन् गाउँपालिका उपाध्यक्ष सीता तामाङले बताइन।
प्रतियोगितामा नौजना स्थानीय तहकै हुनु पर्नेछ। तीन जना खेलाडी व्यवसायिक राख्न सकिने प्रावधान रहेको जनाएको छ। प्रतियोगितामा दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ ।
