नुवाकोट /
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नुवाकोट इन्चार्जको जिम्मेवारी हिरानाथ खतिवडाले पाएका छन्।

माओवादी केन्द्रले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको हो ।

माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला, काठमाडौं र ललितपुर महानगर तथा हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।

जसअनुसार नुवाकोट ईन्चार्जको जिम्मा हिरानाथ खतिवडालाई दिइएको छ ।

यस्तैगरी धादिङ ईन्चार्जमा पुष्प विक्रम मल्ल चयन भएका छन् भने रसुवाको ईन्चार्जमा कल्पना शर्मा चयन भएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय